“समय थप गरिएको बारे-बाल दिवस २०७८”

समय थप गरिएको सूचना

मिति २०७८/५/२ गते गोरखा पत्र राष्ट्रिय दैनिकमा प्रकाशित राष्ट्रिय बालदिवस सम्बन्धी सूचनाको समयावधि ५ दिन मिति २०७८/५/१५ गतेदिनको २ः३० बजे सम्मका लागि समय थप गरीएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गरिन्छ ।

सूचना ! सूचना !! सूचना !!!

समयावधी थप गरिएको सूचना नेपाल बाल संगठन, केन्द्रीय कार्यालय, बालमन्दिर, नक्सालको आयोजनामा राष्ट्रिय बालदिवस–२०७८ को अवसरमा विभिन्न कार्यक्रमहरुका साथै बाल प्रतिभाको प्रष्फुटन गराउने उद्देश्यले निम्न कार्यक्रमहरु समावेस गरी बालदिवस कार्यक्रम आयोजना हुन गईरहेको छ । यसै शिलशिलामा निम्न कार्यक्रमहरुमा सहभागी हुन इच्छुक कक्षा १ देखि १०
सम्म अध्यायनरत विद्यार्थीहरुका लागि राष्ट्रिय बालदिवस सम्बन्धी सूचनाः
(१) चित्रकला प्रतियोगिता –(शिर्षक–कोरोना संक्रमण तथा सावधानिका उपायहरु)
समूह (क) –कक्षा १ – ६ सम्म
समूह (ख)– कक्षा ७–१० सम्मका विद्यार्थीहरु सहभागि हुन सक्नेछन् । भाद्र १५ गते मंगलबार २ः३० बजे भित्रमा आफूले बनाएको चित्रको भिडियो क्लिप सहितको चित्र यस संगठनमा आइसक्नु पर्ने छ । भाद्र १५ गते २ः३० बजे भन्दा पछाडी आएको र चित्र बनाएको पुरा अवधिको भिडियो प्राप्त नभएमा त्यस्तो चित्रलाई प्रतियोगितामा समावेस गराईने छैन ।
(२) बालगीत प्रतियोगिता–नेपाली भाषाको गीत हुनु पर्ने छ )
समूह (क) –कक्षा १ – ६ सम्म
समूह (ख)– कक्षा ७–१० सम्मका विद्यार्थीहरु सहभागि हुन सक्नेछन् ।
राष्ट्रिय बालदिवस २०७८ को अवसरमा नेपाल बाल संगठनको आयोजनामा बालगीत प्रतियोगिता एकल वा समूह, समूहमा भए बढीमा ४ जना सम्म सहभागी हुन सक्ने छन् । गीतको अवधि बढीमा ४ मिनेटको हुनु पर्नेछ । भाद्र १५ गते मंगलबार २ः३० बजे भित्रमा आफूले गाएको गीतको भिडियो क्लिप सहितको गीत यस संगठनमा आइसक्नु पर्ने छ । भाद्र १५ गते २ः३० बजे भन्दा पछाडी आएको र गीत गाउँदाको पुरा अवधिको भिडियो प्राप्त नभएमा त्यस्तो गीतलाई प्रतियोगितामा समावेस गराईने छैन ।
(३) कविता प्रतियोगिता– (शिर्षक–कोरोना संक्रमण र बालबालिकाको भोगाई)
कक्षा ७–१० सम्मका विद्यार्थीहरु सहभागि हुन सक्नेछन् ।
कविता लेखेको र वाचन गरेको भिडियो सहित प्राप्त भएको कवितालाई प्रतियोगितामा समावेश गराईनेछ । भाद्र १५ गते मंगलबार २ः३० बजे भित्रमा आफूले लेखेको र वाचन गरेको कविताको भिडियो क्लिप सहितको कविता यस संगठनमा आइसक्नु पर्ने छ । भाद्र १५ गते २ः३० बजे भन्दा पछाडी आएको र कविता वाचन गर्दाको पुरा अवधिको भिडियो प्राप्त नभएमा त्यस्तो कवितालाई प्रतियोगितामा समावेस गराईने छैन । नोटः
(क) फारम तथा विस्तृत जानकारीका लागि नेपाल बाल संगठन, केन्द्रीय कार्यालय, नक्सालको वेवसाइट
धधध।लअयलभउब।ियचन।लउ बाट प्राप्त गर्न सकिने छ ।
(ख) प्रतियोगिता फारम निः शुल्क प्राप्त गर्न सकिने छ ।
(ग) छनौट भएका प्रतिस्पर्धीहरुलाई मात्र अन्तिम प्रतियोगितामा भर्चुअल प्रविधिबाट चित्रकलाको २०७८ भाद्र २० गते, बालगीत प्रतियोगित २०७८ भाद्र २१ गते र कविता लेखन तथा वाचन प्रतियोगिताको २०७८ भाद्र २२ गते भर्चुअल प्रविधिबाट सञ्चालन गरीने छ ।
(घ) प्रतियोगितामा सहभागीताका लागि भरेको फारम आफ्नो कृतिको भिडियो, चित्र र कविता तल
उल्लेखित इमेल ठेगानामा गुगलड्राइभमा अपलोड गरेको लिङ्क समावेश गरी पठाउनु पर्ने छ । गुगल ड्राइभमा अपलोड नगरी सिधैआएको कृतिलाई प्रतियोगितामा समावेश गराइने छैन ।
(ङ) चित्रकला, कविता तथा बालगित प्रतियोगिताको लागि कुनै संघ÷संस्था वा व्यक्तिले सहकार्य गर्न चाहेमा हार्दिक स्वागत गर्दछौं ।
(च) विजयी बालबालिकाहरुको नामावली २०७८/५/२९ गते सार्वजनिक गरीने छ ।
(छ) प्रतियोगितामा विजयी बालबालिकाहरुलाई २०७८ भाद्र २९ गते बालदिवसको दिनमा नगद पुरष्कार, र प्रमाण पत्र प्रदान गरीने छ ।
विस्तृत जानकारीको लागि सम्पर्कः
नेपाल बाल संगठन
केन्द्रीय कार्यालय, बालमन्दिर, नक्साल, काठमाडौं
फो.नं. ४५११२०२, ४५१९२१९, ४५१०८४४

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.