विज्ञप्ती
मिति २०८३ साल भाद्र १० गतेका दिन रसुवा जिल्लाको भोटेकोशी नदीमा अचानक आएको विनाशकारी र भीषण बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिको खबरले हामी स्तब्ध र मर्माहत भएका छौं। हामी यस अकल्पनीय र पीडादायी प्राकृतिक महाविपत्तिमा परी ज्यान गुमाउनु भएका दाजुभाइ, दिदीबहिनीहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।
साथै, यस महाविपत्तिमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभ र सम्पर्कविहीन र बेपत्ता व्यक्तिहरूको कुशलताका लागि प्रार्थना गर्दछौं। हामी जोखिमयुक्त उद्धार कार्यमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मी लगायत सम्बन्धित सबै व्यक्ति र निकायहरूमा विशेष धन्यबाद ज्ञापन गर्दछौं।
आफ्ना आमाबुवा, परिवार र सुरक्षित वास गुमाई जोखिममा रहेका र उत्पीडनमा पर्न सक्ने विपत्तिमा उद्धार गरिएका बालबालिकाहरुहरुलाई संरक्षकत्व र संरक्षण प्रदान गर्न नेपाल बाल संगठन (बाल मन्दिर) प्रतिबद्धता व्यक्त गर्दछ। हामी यसमा सहजीकरण गरिदिन उद्धारमा संलग्न सबैलाई हार्दिक अनुरोध गर्दछौं।
विद्या उपाध्याय न्यौपाने
अध्यक्ष
तथा बाल संगठन परिवार
नेपाल बाल संगठन

