सुचना ! सुचना !! सुचना !!!

उपरोक्त सम्बन्धमा यस नेपाल बाल संगठनले राष्ट्रिय बाल दिवस–२०८२ भाद्र २९ को अवसरमा विगत वर्षहरुमा झै यस वर्ष पनि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गर्न गईरहेको हुँदा त्यस विद्यालयबाट विद्यार्थी भाइबहिनीहरुको सहभागीताको लागि आमन्त्रण गरिन्छ । प्रतियोगिता कार्यक्रमहरु निम्नानुसार छन् ः
(१) चित्रकला प्रतियोगिता    – २०८२/०५/२३ गते
    (प्रतियोगिता स्थलः प्रेरा बिजनेश कम्प्लेस (स्टाफ कलेजको अपोजिट साईट) जावलाखेल,ललितपुर)
(२)लोक नृत्य प्रतियोगिता– २०८२/०५/२६ गते
    (प्रतियोगिता स्थलः प्रेरा बिजनेश कम्प्लेस (स्टाफ कलेजको अपोजिट साईट) जावलाखेल,ललितपुर)
(३) बालगित प्रतियोगिता– २०८२/०५/२४, २५ गते (छनौट) र २७ गते
    सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्यक्ष प्रशारण
    (प्रतियोगिता स्थलः सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, सिहंदरबार)
    (प्रत्येक विधामा दरखास्त शुल्क रु.५००/- (अक्षरुपी पाँच सय रुपैयाँ मत्र) लाग्ने छ ।)
फारम Download Section बाट हेर्नुहोला ।